• by Bimal Giri

    अन्तराष्टिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर र द हिमालयन सोसाइटी सेन्त्रोदेन बेल्जियमको पहलमा नेपाली कला सस्क्रिती साहित्य र गीत सङ्गितलाई अन्तराष्टिय स्तरमा चिनाउन बिशुद्ध तथा निस्वार्थ सामाजिक उथ्वानको लागि बेल्जियम नागरिकहरुको निस्वार्थ भावनाको अन्तर आत्माबाट कदर गर्नैपर्छ।
    नेपाली र डच भाषी कविहरूको संयुक्त कविता संग्रह ‘फ्रित नेपाल’ बेल्जीयममा प्रकाशित भएको छ । डच र बेल्जीयममा बसोबास भएक...
    ा १० नेपाली कवि र बेल्जीयमका नेदरल्याण्डस् भाषी १० कविहरु गरी जम्मा २० कविताहरु डच, नेपाली र अँग्रेजी तिन भाषामा छन् ।

    पुस्तकमा नेपाली कविहरू कृष्ण बजगाइं, विमल गिरी, दीपेन्द्र के. सी., राजकुमार पुडासैनी, जे. बी. शेर्पा, दीपकज्योति पौडेल, राधाकृष्ण अधिकारी, सन्जु बजगाइं, रूक्मिणी अमात्य र पंचम अधिकारीका कविता संग्रहित छन् । त्यस्तै बेल्जीयन कविहरूमा हर्मान रोह्यार्ट, सिरियल ग्ल्याडिनेस, एन् भान डिस्सेल, लिबे देभिएर, लुक भान डेबोर्ट, मार्क मीकर्स, क्याट्रिएन फ्रडेरिक्स, मार्टिन क्याररेट, लोट्टे डोन्डियोन र क्यारेल सेर्गेन छन् ।

    हरेक जनवरीको अन्तिम विहीवार बेल्जीयममा ‘कविता दिवस’ का रूपमा मनाइन्छ । सोही अवसरमा गत जनवरी २६ गते विहीवार ‘फ्रीत नेपाल’ कविता संग्रह सार्वजनिक भएको हो । संगीत, नृत्य र कविता वाचन गरी कलात्मक प्रस्तुतिका साथ पुस्तक सार्वजनिक कार्यक्रम गरिएको थियो । जसमा बेल्जीयन र नेपाली कलाकार, गायक र कविहरू सहभागी थिए ।

    द हिमालयन सोसाईटी बेल्जीयम र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरको संयुक्त आयोजना र सिन्त त्रुदेन नगरपालिका एवं सिन्त त्रुदेनको कला एकेडेमीसँगको सहकार्यमा पुस्तक प्रकाशन भएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै बेल्जीयमका लागि नेपालका राजदूत प्रमेशकुमार हमालले नेपाली र बेल्जीयन कविहरुको सहकार्यमा प्रकाशित यो साहित्यिक कृति यस प्रकृतिको पहिलो र दुइ देशको संबन्धमा कोशेढुङ्गा भएको बताउनु भयो ।
    सिन्त त्रुदेन नगरपालिकाका मेयर लुदवीग भान्देनोभले पुस्तक प्रकाशन दुइ संस्कृतिको असाधारण पुल बनेको विचार ब्यक्त गर्नुभयो । डायास्पोरामा बसेका नेपालीहरूको महत्वपूर्ण उपलब्धी बनेको ‘फ्रीत नेपाल’ को प्रकाशनपछि पनि नयाँ योजना थालिने द हिमालयन सोसाइटीका अध्यक्ष राजेन्द्र रसाइलीले जानकारी गराउनु भएको छ ।हामी सम्पूर्ण नेपालीहरुको लागि यस्तो प्रकारको गहन कार्यमा सहभागी भएर हौसला दिनुहुने सम्पूर्ण "फ्रित नेपाल"का टिम र अन्य बिसिष्ट ब्यक्तित्वहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।