कुम शाही 

                              २५५५ औं बुद्ध जयन्ती सम्पन्न 

हिमालयन सोसाइटी बेल्जियम तथा बेल्जियम स्थित सामाजिक तथा जातीय संस्थाहरुको आयोजनामा बुद्ध जयन्ती २०११ यहि मे महिनाको २२ तारिख आइतबारको दिनमा बेल्जियमको अति नै रमणीय शहर HUY स्थित बौद्ध गुम्बामा करिब ६०० बेल्जियमबासी नेपालीहरु तथा बुद्ध धर्ममा आस्था राख्ने बिदेशीहरुको समुपस्थितिमा भव्यताका साथ सम्पन्न भएको /हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा यहा आइ शान्तिका अग्रदुत श्री भगवान बुद्धको गुम्बामा जम्मा भै बुद्ध जयन्ती मनाउने परम्परा / उक्त अवसरमा अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि हिमालयन सोसाइटी बेल्जियम पनि बुद्ध जयन्ती कार्यक्रम आयोजकको रुपमा सैन्त्रुदिन बासी सम्पूर्ण नेपालीहरुको साथमा उक्त कार्यक्रममा सरिक भएको थियो/ बिहान करिब ११ बजेबाट शुरु भएको भगवान बुद्धको पुजा अर्चना दिउसो करिब :३० बजे सम्म ,चलेको थियो भने त्यसपछि दिउसोको खाना  :खाने कार्यक्रम रहेको थियो / तत्पश्चात  अघिल्लो बर्षमा जस्तै नाच- गान तथा डोरी तान्ने खेल खेलाइएको थियो /बेल्जियमको सबै शहरहरुबाट प्रतिस्पर्धीहरुले भाग लिएका थिए भने जसमा टिमहरुले भाग लिएका मा हिमालयन सोसाइटी बेल्जियमले दोश्रो स्थान हात पार्न   सफल भएको थियो/ स्मरण के ,भने अघिल्लो बर्ष २०१० मा हिमालयन सोसाइटी बेल्जियमले प्रथम स्थान हासिल गर्न सफल भएको थियो /


 

 

 

 

 

 

 

 

2005 Thsbelgium