हिमालयन सोसाइटीबेल्जियमद्वारा बडा दशैं रमझम साझ सम्पन्न

 

 

"द हिमालयन सोसाइटी" बेल्जियमले बडा दशै - रमझम साझ यहि महिनाको १६ तारिख शनिबार बिभिन्न लोक सास्कृतिक  कार्यक्रमहरुका साथ भब्य रुपमा बेल्जियमको एउटा अतिनै रमणिय शहर सैन्त्रुदिनमा सम्पन्न गरेको छ। जन्मभुमिबाट धेरै टाढा रहेर पनि हाम्रो आफ्नो धार्मिक र सास्कृतिक  पर्बहरुलाई सदैब समय र परिस्थिति अनुकुल निरन्तरता दिदै लैजाने यस द हिमालयन सोसाइटी बेल्जियमको उद्देश्य अनुरुप यस पटकको दशै पर्ब धुम-धामसँग मनाइएको हो । साझ करिब १७:०० बजे शुरु भएको दशै कार्यक्रम साझमा संस्थाका सचिब श्री कुम शाहीले सम्पुर्ण आगन्तुक पाहुनाहरुलाई सोसाइटीको तर्फबाट स्वागत तथा बिजया दशमीको शुभकामना ब्यक्त गर्नु भएको थियो भने संस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले दशै पर्ब मनाउनुको उद्देश्य उपस्थित स्थानिय बेल्जियन पाहुनाहरुलाई यहाँको स्थानिय भाषामा व्याख्या गर्दै बिदेशमा यस्ता खालका कार्यक्रमहरुले नेपाल र  नेपालीहरुलाई अझै बढी बिदेशी सामु चिनाउन सकिने एउटा माध्यम भएको बिचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बेल्जियन संघ संस्थाका प्रतिनिधिहरु तथा पाच: पुच: बेल्जियमकी अध्यक्ष श्रीमती रजनी प्रधान तथा गैर-आबासिय नेपाली संघ युरोपियन रिजनका सह- संयोजक श्री रबिन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति थियो।  

 कार्यक्रमको दोश्रो चरणमा बिबिध लोक सास्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो, जसलाई सफल र कुशल नृत्यकार सुश्री ममता पुनले सन्चालन गर्नु भएको थियो  भने हेलेन शाही, प्रियंका गुरुङ , क्रिष्टिना  पुन्, मनिषा प्रधान, तथा सुश्मिता श्रेष्ठले रमाइलो नाच प्रस्तुत गरेका थिए ,तेस्तै अर्जुन शाहीले गीत गाएर सबै लाई भरपुर  मनोरन्जन दिलाएका थिए। राती अबेर सम्म चलेको उक्त कार्यक्रम पश्चात  आयोजक "द हिमालयन सोसाइटीले दशै भोजको ब्यबस्था गरेको थियो। आउनुहोस, सो अबसरमा तयार गरिएको भिडियो रिपोर्ट हेर्नलाई।

view video