view photoalbum

कुम शाही                              

सैन्त्रुदिनमा "हिमालयन डे" सम्पन्न 
हिमालयन सोसाइटी बेल्जियमले स्थानीय Willems Fund  नामक सामाजिक संस्थासंगको सह- कार्यमा यहि मे महिनाको २८ तारिख शनिबारको दिन" हिमालयन डे कार्यक्रम "भब्यताको साथ सम्पन्न गरेको : / हिमालयन सोसाइटी बेल्जियमको पुर्ब निर्धारित कार्यक्रम अनुरुप  स्थानीय बेल्जियन संघ सस्थाहरुसंग प्रत्यक्ष रुपमा नेपाल नेपाली संस्कृतिलाइ अझै मजबुत तरिकाले चिनाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको हो / स्थानीय युबा क्लबको हलमा सम्पन्न भएको उक्त हिमालयन डे कार्यक्रम दिउसो ठिक :३० बजे शुरु भएको थियो / कार्यक्रममा नेपालका विभिन्न जातिहरुको पहिचाहन दर्शाउने पहिरन (Fashion Show) कार्यक्रमको प्रमुख आकर्षणको रुपमा प्रस्तुत गरिएको थियो / जसमा हिमालयन सोसाइटी बेल्जियमकी सास्कृतिक संयोजिका श्रीमती पुजा रसाइली डंगोल द्वारा  नेपाली परम्परा अनुसार विबहा गर्दा प्रयोग गरिने पोशाक प्रस्तुति गरिएको थियो,  तेस्तै बिरमाया तामांगले तामांग सस्कृतिको पहिरन, निमा शेर्पा , अनिता कार्की, सावित्रा खड्का , कुसुन राइ, सिता कार्की रिचा काफ्ले , तुलसा शाही,बिज्ञा काफ्ले, रन्जन शाही,अशिम श्रेष्ठ , सुष्मिता श्रेष्ठ , रोहित शाही लगायतका व्यक्तिहरुले नेपालका विभिन्न जना-जातिहरुको पहिचान झल्काउने  पहिरन प्रस्तुत गरेका थिए / उक्त कार्यक्रममा नेपाल पर्यटन बर्ष २०११ लाइ अझै सशक्त रुपले स्थानीय बेल्जियनहरुलाइ आकर्षित गर्नको लागि नेपाल सम्बन्धि श्रब्य दृश्य सामाग्री ( Video projection) प्रस्तुत गरिएको थियो, जुन सामाग्री हामीलाई ब्रसेल्स स्थित नेपाली दुताबासले उपलब्ध गराएको थियो / कार्यक्रममा सस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले विदेशमा बसेर बिदेशी भएता पनि मन मुटु मष्तिस्क सदैब नेपाली नै रहने रहिरहने भएकाले नै विदेशमा बसेर पनि नेपाल चिनाउने यो जमर्को गरेको मन्तब्य ब्यक्त गर्नु ,भयो/ कार्यक्रममा नेपालका लागि अवैतनिक पर्यटकीय राजदुत श्री रोजेर ग्रुन को उपस्थिति समेत रहेको थियो/ स्मरण के   भने हिमालयन सोसाइटी बेल्जियमले बेल्जियममा रहेर पनि नेपाल नेपालीलाइ स्थानीय बेल्जियनहरुलाई अझ नजिकबाट चिनाउने प्रयत्न गरिरहेको /

 

 

 

 

 

 

 

2005 Thsbelgium