पासा पुच: बेल्जियम द्वारा द हिमालयन सोसाइटी बेल्जियमलाई धन्यवाद ज्ञापन

 

द हिमालयन सोसाइटी बेल्जियमको निमन्त्रणामा पासा पुच:बेल्जियमले नेवारी पर्ब म्ह:पुजा बेल्जियमको सैन्त्रुदिन शहरमा गत ६ नोवेम्बर शनिबारको दिनमा भब्यताका साथ सु-सम्पन्न गरेको छ / द हिमालयन सोसाइटी बेल्जियमले यस बर्षदेखि बेल्जियम स्थित सम्पूर्ण सामाजिक तथा सास्कृतिक संघ -संस्थाहरुसँग मित्रता र एक- आपसमा परिचित गर्ने गराउने तथा मित्रताको बिकास गराउने उद्देश्यले शुरु गरेको यस महान कार्यमा सरीक भै एक-आपसमा सहकार्य गर्ने पासा पुच: बेल्जियम पहिलो संस्था बन्न पुगेको छ तसर्थ, हाम्रो कार्यक्रम लाई सफल बनाउन द हिमालयन सोसाइटी बेल्जियमले महत्वपूर्ण भूमिका निभाएकाले हामी सम्पूर्ण पासा पुच: परिवार द हिमालयन सोसाइटी बेल्जियम प्रति हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछौ /
पासा पुच: बेल्जियम