सैन्त्रुदिनमा नेपाल -बेल्जियम रमझम साझ
(BEL-NEPA Discoavond) सम्पन्न ।

 

 

 

कुम शाही

सैन्त्रुदिन ।

डिसेम्बर ११ तरिख २०१० शनिबारको साझ द हिमालयन सोसाइटी बेल्जियमले बेल्जियम- नेपाली रमझम साझ (BEL-NEPA discoavond)को भब्यताको साथ सम्पन्न गरेको छ । सोसाइटीले यसबर्षको अन्तिम कार्यक्रम स्वरुप सम्पूर्ण सैन्त्रुदिनबासी नेपालीहरु तथा  द हिमालयन सोसाइटीसँग सम्बद्द स्थानिय संघ- संस्थाहरुको सम्मानार्थ साथै अघिल्लो बर्ष जस्तै आगामी बर्ष पनि हार्दिकता र हर्सोल्लसका साथ सामाजिक काममा जुट्न सक्ने शक्तिको बिकासको लागि उक्त रमझम साझको आयोजना गरिएको हो । उक्त अबसरमा द हिमालयन सोसाइटीसँग बिगतका बर्षहरुदेखि सहकार्य गर्दै आएका लिम्बर्ग स्थित बिभिन्न स्थानिय संघ- सस्थाहरुलाई प्रमाण- पत्र तथा खादा ओडाइ सम्मान गरिएको थियो।

साझ करिब आठ बजे शुरुभएको उक्त कार्यक्रमको शुरुमा सस्थाका सचिब श्री कुम शाहीले उपस्थित सम्पूर्ण सैन्त्रुदिनबासी नेपालीहरु तथा स्थानिय ब्यक्तिहरुलाई स्वागत गर्नुभएको थियो भने सस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले कार्यक्रमको औचित्यबारे प्रकास पार्नु भएको थियो।

उक्त कार्यक्रममा यसै शहरका मेयर श्री लुदविग भान्दनहोफको बाहुलीबाट द हिमालयन सोसाइटीसँग बिगतका बर्षदेखि सहकार्य गर्दै आएका स्थानिय संघ- संस्थाहरुलाई धन्यवाद स्वरुप प्रमाण -पत्र तथा खादा बितरण गरिएको थियो। राती अबेरसम्म चलेको उक्त डिस्को कार्यक्रममा स्थानिय नेपाली डि जे रोशन राइ तथा अर्जुन शाहीले बिभिन्न प्रकारका नेपाली हिन्दी तथा अङ्रेजी गितहरु बजाएर सबैलाई नचाएका थिए ।

 फोटोहरु हेर्न तल क्लिक गर्नुहोला :

 
 

We  always welcome your suggestions, advice and comment as wel as your visit on this website

 

 

  Thsbelgium