नेपाली नारीहरुको महान पर्ब हरितालिका (तीज) बेल्जियम को सुन्दर शहर सैन्त्रुदिनमा ११ सेप्टेम्बर शनिबारको साझमा सम्पन्न गरेको छ ।

 

कुम शाही

 सैन्त्रुदिन /

द हिमालयन सोसाइटी बेल्जियमले नेपाली नारीहरुको महान पर्ब हरितालिका (तीज) बेल्जियम को सुन्दर शहर सैन्त्रुदिनमा ११ सेप्टेम्बर शनिबारको साझमा सम्पन्न गरेको छ । तीज कार्यक्राम मनाउन सैन्त्रुदिनबासी सम्पूर्ण नेपाली दिदीबहिनी नेपाली परम्परा अनुसारको रातो सारी तथा गरगहनाले सजिएर उपस्थित हुनुभएको थियो । साझ करिब १६:०० बजे शुरु भएको उक्त तीज कार्यक्रममा सोसाइटीका अध्यक्ष श्री राजेन्द्र रसाइलीले सम्पूर्ण उपस्थित दिदीबहिनी तथा दाजुभाईहरुलाई स्वागत गर्दै परदेशमा मनाइने तीज पर्बहरु जस्ता हाम्रा सास्कृतिक पर्ब हरुको महत्व बारे प्रकाश पार्दै आउने नयाँ सन्ततिहरुले पनि यसलाई समय र परिबेस अनुसार निरन्तरता दिदै लैजानु पर्ने धारणा राख्नुभएको थियो र यसलाई द हिमालयन सोसाइटी बेल्जियमले सधैं पहल गरी रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो भने उक्त तीज कार्यक्रमका मुख्य अतिथी सैन्त्रुदिन नगरपालिकाका नगर प्रमुख लुदविग भान्दनहोभले उपस्थित सबैलाई तीजको शुभकामना दिदै सैन्त्रुदिन शहरमा रहेका सम्पूर्ण संघ-सस्थाहरु मध्ये द हिमालयन सोसाइटी बेल्जियमले अग्रस्थानमा रहेर सामाजिक र सास्कृतिक कार्यक्रमहरु आदान प्रदान गरेकोमा खुशी ब्यक्त गर्नु भएको थियो।  उक्त तीज कार्यक्रममा हाम्रा साना- साना नानीहरु हेलेन शाही, सविना तामाङ, क्रिस्टिना पुन तथा सुश्मिता श्रेष्ठले राम्रो नाच प्रस्तुत गरेका थिए भने सम्पूर्ण महिला दिदीबहिनीहरुले तीजको गीतमा रमाइ रमाइ नाचेर मनोरन्जन लिएका थिए । तेस्तै, दाजुभाईहरुले मिठा मिठा परिकार तयार गरी दिदीबहिनीहरुलाई खुवाएका थिए ।  आउनुहोस, यसै अबसरमा  आर आर भिडियोको तर्फबाट तयार गरिएको भिडियो रिपोर्ट हेर्नलाई /