Tihar

Meer info over Tihar

 

Tihar viering verslag in Nepali

कुम शाही,
सैन्त्रुदिन,बेल्जियम
द हिमालयन सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको सैन्त्रुदिन शहरमा देउसी भैलो कार्यक्रम भव्यताका साथ नोवेम्बर महिनाको ६ तारिख शनिबारको साझ विभिन्न नेपाली सास्कृतिक तथा स्पेनिस नाचको साथमा सुसम्पन्न भएको छ / बेलुकी करिब १७:०० बजे शुरु भएको उक्त तिहार कार्यक्रममा सस्थाका महासचिब श्री कुम शाहीले सम्पूर्ण आगन्तुक तथा निम्तालु माहानुभाबहरुलाइ कार्यक्रममा स्वागत गर्दै तिहार २०६७ को शुभकामना दिनु भएको थियो भने सस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले तिहारको बारेमा उपस्थित सम्पूर्ण उपस्थित नेपाली तथा स्थानिय बेल्जियनहरुलाइ नेपाली तथा यहाको स्थानिय भाषामा बर्णन गर्नुहुदै विदेशमा हाम्रो आफ्नो सास्कृतिक तथा धार्मिक पर्ब मनाउनु भनेको हामी सन्सारको जुन सुकै स्थानमा बसे पनि नेपाल र नेपाली प्रतिको बिसुद्ध आस्था सधै रहिरहेको  र रहिरहने छ भन्नु भएको थियो/  

उक्त कार्यक्रममा सैन्त्रुदिनका मेयर तथा बेल्जियन संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने यन आर यन बेल्जियमका अध्यक्ष श्री पेम्बा ग्याल्बु शेर्पा, पासा पुच: बेल्जियमकी अध्यक्ष श्रीमती रजनी प्रधान, यन आर यन यूरोपियन रिजनका सह संयोजक श्री रबिन्द्रमान श्रेष्ठ लगायत विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो / सोही अवसरमा विश्व साइकल यात्री श्री सुन्दर बरालको पनि उपस्थिति रहेको थियो भने वहाको यात्रा सहयोगार्थ द हिमालयन सोसाइटी बेल्जियम परिवारको तर्फबाट आर्थिक सहयोग संकलन गरि संस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले साइकल यात्री श्री बराललाइ यात्रा र उद्देश्यलाइ तार्किक निस्कर्षमा पुग्न सकुन भन्ने शुभकामना दिदै उक्त संकलित रकम हस्तान्तरण गर्नु भएको थियो/

कार्यक्रमको दोश्रो चरणमा तिहार पर्बको सौगात स्वरूप "तिहारै आयो, लौ झिलिमिली" बोलको सांगीतिक तथा मार्मिक गितमा हेलेन शाही तथा सबिना तामांगले नृत्य प्रस्तुत गरेका थिए भने, "छिटको सारी मखमली चोली" बोलको गितमा हेलेन शाही, नेवारी गितमा मनिषा प्रधान र शुष्मिता श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए भने साथमा लिम्बर्ग स्थित सम्पूर्ण संघ संस्थाहरुको छाता संगठन ए आइ फ (A . I   F) को तर्फबाट स्पेनिस डान्स प्रस्तुत गरिएको थियो / राति अबेर सम्म चलेको उक्त तिहार कार्यक्रममा संस्थाको सहयोगार्थ देउसी भैलो खेलेर रकम संकलन गरिएको थियो भने अन्त्यमा सामुहिक नाच गान गरि तिहार लाइ बिदाइ गरिएको थियो/ उक्त सास्कृतिक कार्यक्रम संस्थाकी सास्कृतिक बिभाग संयोजिका श्रीमती पुजा डंगोलले संचालन  गर्नुभएको थियो /आउनुहोस, उक्त अवसरमा तयार गरिएको भिडियो रिपोर्ट हेर्नलाइ भित्र /

Tihar Report video

 

Tihar Dans special

 

 

 

 

 

We  always welcome your suggestions, advice and comment as wel as your visit on this website

 

 

  Thsbelgium